समाचार २५ असार २०८०
आफ्नो अभिव्यक्तिमा कमजोरी स्वीकार्ने प्रतिबद्धता जनाएपछि नेकपा एमालेले सदन चल्न दिने

ओमकार टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिमा कमजोरी स्वीकार्ने प्रतिबद्धता जनाएपछि नेकपा एमालेले सदन चल्न दिने भएको छ । 

सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा आफ्नो अभिव्यक्तिमा गल्ती भएको स्वीकार गर्दै सचिवालयले जारी गरेको वक्तव्यप्रति पनि दुख व्यक्त गर्ने सहमति भएकाले सदनमा अवरोध नगर्ने ओलीले दलको बैठकमा ब्रिफिङ गरेका छन् ।

‘तीन नेताबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले आफ्नो वक्तव्य असावधानी पूर्व आएको त्यो कमजोरी भयो भनेर आत्मालोचना गर्ने र सचिवालयले निकालेको वक्ततव्यप्रति पनि दुःख व्यक्त गर्ने र एमालेले सदनको अवरोध हटाउने गरी छलफल भएको अध्यक्षले ब्रिफिङ गर्नुभयो’, एमाले सचिव योगश भट्टराईले भने ।





प्रतिक्रिया