अपराध २० असार २०८१
टोखामा सुन र चाँदीका गरगहना तथा नगद चोरी

रेखा चौहान

दमक / काठमाडौँको टोखा नगरपालिकामा गत राति चोरी भएको छ ।तनहुँ ब्यास नगरपालिका-१४ घर भएका टोखा नगरपालिका-९ गोङ्गबु म्याग्दी चोक डेरा बस्ने  २७ वर्षीय सुजल विकको कोठामा चोरी भएको हो । 

सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार