समाचार १ असार २०८१
सवारी दुर्घटनामा एक युवकको मृत्यु

रेखा चौहान

बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले भे१ख ३०१९ नम्बरको टिपरमा आगजनी गरेका छन् । उक्त दुर्घटनामा परि दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको हाे । 

राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे १०प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठाेक्किएकाे हाे ।

पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ ।

पीडितसँग इलाका प्रहरी कार्यालय कोहलपुरमा छलफल भइरहेको छ । प्रहरीले सवारीसाधन चालकको पहिचान भएको र उनलाई सम्पर्कमा ल्याउने कोसिस भएको बताइएको छ । 

 



प्रतिक्रिया