समाचार २० वैशाख २०८१
झापाको गौरीगञ्ज नगर अस्पतालमा तोडफोड , लाखौंको क्षति

केदार खड्का

दमक । झापाको गौरीगञ्ज गाउँपालिका स्थित  नगर अस्पताल तोडफोड भएको छ । अस्पतालको लापरबाहीको कारणले १० वर्षको बच्चाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

गौरीगञ्ज गाउँ पालिका वडा नम्बर ६ बस्ने रामदेव महतोको १० बर्षको छोरालाई राति १ बजे झाडा बान्ता भएपछि बिहान उक्त अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बाल अस्पताल दमक `रिफर´ गरिएकोमा दमक बाल अस्पतालले बच्चालाई पुग्ने बित्तिकै मृत घोषणा गरिदियो । 

गौरीगञ्ज अस्पतालमै बच्चाको मृत्यु भैसकेकोमा मृत बच्चालाई दमक `रिफर´ गरिएको भन्दै बच्चाका आफन्तले नगर अस्पताल तोडफोड गरेका छन् । तोडफोडमा अस्पताल भवनका झ्याल ढोका फुटेका छन् भने ओैषधीमा समेत ठूलो क्षति पुगेको छ । त्यस्तै अस्पताल परिसरमा `पार्किङ´ गरि राखेको ६ वटा मोटरसाइकल समेत तोडफोड भएको छ । तोडफोडबाट क्षतिको यकिन विवरण आउन नसकेपनि लाखौं बराबरको क्षति भएको अस्पताल श्रोताले बतायो ।

अस्पतालका प्रमुख अनुप शर्माका अनुसार अहिले अस्पताल प्रशासन , मृतकका  आफन्त , जनप्रतिनिधि लगायत सरोकार बाला सहित छलफल चलिरहेको ओमकार टाइम्सलाई जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार