खेल २ फाल्गुन २०७९
नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

ओमकार टाइम्स

आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत आजदेखि घरेलु मैदानमा सुरु भएको लिग टु शृखंलामा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्दैछ । कीर्तिपुरस्थित टीय मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको हो।

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु भएको हो। नेपालले नामबियासँग खेल्दै शृखंलाको सुरुआत गरेको छ। लिग टु मा नेपालले तीन वर्षपछि घरेलु मैदानमा खेल्दैछ भने नामबायले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो।

नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिकासहितको लिग टु शृखंला घरेलु मैदानमा खेलेको थियो। नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौं आएर नेपालसँग दुई खेल खेलेको थियो। नेपालले लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबियामा गएर शृखंला खेलिसकेको छ। लिग टु मा नेपालले नामिबियालाई हराउन सकेको छैन । त्यसैले आजको खेलमा नेपालको सबै शक्ति घरेलु मैदान र दर्शकमाझ नामिबिलाई हराउनेतर्फ हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार