दमक उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी गुरागाइँको अपराजित यात्रा

ओमकार टाइम्स

दमक । देवी प्रसाद गुरागाइँ उर्फ गोपाल । झापाको दमक र आसपासको समाजमा परिचित र स्थापित नाम हो ।

व्यवसायिक क्षेत्रलाई मुख्य पेशा बनाएर दुई दशक अघिदेखि दमकमा रेडिमेड कपडाको व्यापारमा संलग्न गुरागाइँसँग दोहोरो परिचय नभएका व्यवसायी  कोही छैनन भने पनि हुन्छ ।

सबैसंग मिलनसार र आदर सत्कारको संस्कारका पर्यायवाचीनै हुन गुरागाइँ । उनको यही आदत अर्थात स्वभावले दमकको व्यवसायिक,वित्तिय तथा सामाजिक क्षेत्रमा कुनै न कुनैबेला उनको आवश्यकता खडकिरहेकै हुन्छ । 

दमक उद्योग वाणिज्य संघमा निर्वाचनको प्रसंग आउँदा जहिलेसुकै पनि गुरागाइँको नाम जोडिएकै हुन्छ ।  व्यवसायीहरुको भावनाको कदर गर्ने, व्यवसायिक हित र संरक्षणका लागि भिजन दिन सक्ने विशेषताकै कारण उनले दमक उद्योग वाणिज्य संघका हरेक निर्वाचनमा बहुसंख्यक व्यवसायीहरुको मत जित्दै आएका छन ।

२०६४/०६५ सालमा दमक उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष सुदिपराज पन्त नेतृत्वको कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्ष सम्मका पदहरुमा रहेर आफनो जिम्मेवारी सम्हालेका छन । उनले अहिले सम्म कुनै पनि पदमा एक कार्यकाल भन्दा बढी बसिरहने मोह राखेका छैनन ।
गुरागाइँले वाणिज्य संघको (२०७४ देखि २०७६ ) सम्मको प्रथम उपाध्यक्ष पदको कार्यकाल पछिनै  संघको अध्यक्ष पदमा जिम्मेवारी लिने तयारीमा थिए ।

तर वाणिज्य संघको विधानमा पहिलो पटक वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था भएका कारण उनी एक पटक अध्यक्षको दाबीबाट पछि हटेर वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धालाई स्विकार गरेर चुनावी मैदानमा उत्रिएका थिए ।

मतदाताले उनलाई वरिष्ठ उपाध्यक्षमा लोकप्रिय मतसहित निर्वाचित गराए । आउँदो माघ ६ गते हुन लागेको संघको निर्वाचनमा भने गुरागाइँ अध्यक्षको उम्मेदवार बनेका छन ।

एउटा निश्कलंक र निर्विवाद पात्र

वाणिज्य संघमा आफनो कार्यकालका अनुभवहरु धेरै छन । जिम्मेवारी बहन गर्ने सिलसिलामा कसैसंग पनि अहिले सम्म विवादमा परेनन । उनको कार्यकाल हरेक पटक निर्विवादित बितेको इतिहास छ  ।

आफनो बारेमा आफैंले भन्नु भन्दा समाजबाट आउने प्रतिक्रियालाई महत्व दिने उनको स्वभाव छ । गुरागाइँ भन्छन– वाणिज्य संघमा स्वभाविक रुपले व्यवसायीक कुराहरु नै आउँछन ।

ति कति बिषय व्यवसायीका विरुद्धमा पनि आए कति व्यवसायीको पक्षमा पनि आए मैले निर्वाह गरेको भुमिका कस्तो रहयो ? त्यो मसंग भन्दा पनि व्यवसायीहरुसंगै त्यसको जवाफ छ । त्यो उहाँ ( व्यवसायी साथीहरु) ले नै महसुस गर्ने कुरा रहयो ।

निरन्तर वाणिज्य संघका हरेक पदबाट अपग्रेड गराउने मतदाताका एजेण्डाका बारेमा आफू जानकार रहेको बताउने गुरागाइँ भन्छन – मतदाताले मत दिइसकेपछि अपेक्षा पक्कै राख्नु भएकै हुन्छ मेरो पदीय दायित्व र जिम्मेवारीबाट कहिल्यै पनि च्यूत भएको जस्तो मलाई लाग्दैन ।

वाणिज्य संघको अध्यक्ष पदमा रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्ने अठोट लिएर व्यवसायीहरुमाझ लामो छलफल र अन्तरक्रिया गरेका गुरागाइँ चुनावको मिति नजिकिँदै जाँदा उत्साहित र आशावादी देखिन्छन ।

व्यवसायीहरुको जित , व्यवसायीहरुकै हित

व्यवसायीहरुको जित , व्यवसायीहरुकै हित भन्ने सन्देश लिएर मतदाता व्यवसायीहरु माझ गइरहेका गुरागाइँले अहिले सम्म कहिल्यै व्यापार बाहेक जिविकोपार्जनको अर्को कुनै माध्यम रोजेका छैनन ।  

कर सम्बन्धिका चुनौतीलाई सहजीकरण ,घरधनी र बहालमा व्यवसाय गर्ने व्यवसायीहरुबीच  बेला बखत बढेको दुरीलाई घटाएर सहजीकरण गर्न निर्विवादित भुमिका खेल्ने गरेका गुरागाइँले पूर्व अध्यक्ष विजय बरालको कार्यकालमा शुरु भएको रबि चिसापानी सडकको निरन्तरताका लागि , इलम प्रशिक्षण केन्द्रको योजनालाई अघि बढाउन उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरिआएका छन ।

दमक बजारलाई बन्दमुक्त बनाउन, संघको कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने जस्ता महत्वपूर्ण काममा उनीसहितको तत्कालिन टिमको भुमिका उत्तिकै छ ।

२०३२ सालमा ताप्लेजुङमा जन्मिएका गुरागाइँको परिवार मधेस झरेपछि दमकलाई २०५८ सालदेखि व्यवसायिक थलो बनाएर यहाँका सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशील बनेका हुन ।

उनले दमक बजारमा व्यवसायीहरुको ठुलो समुह आवद्ध रहेको साधना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, युवाहरुको नेतृत्व , व्यक्तित्व र व्यवसायिक बिकासमा समेत योगदान गर्दै आएको दमक जेसीजको महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन ।

दमक ताप्लेजुङ सम्पर्क मञ्च कार्य समितिको सदस्यका रुपमा समेत रहेका गुरागाइँ जहाँ जुन जिम्मेवारीमा बस्छन त्यसलाई सफलतापूर्वक पूरा गर्छन भन्ने तथ्य बजारमा छोडदै संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा जित सुनिश्चितताका लागि व्यवसायी मतदाताहरुसंग अपिल गरिरहेका छन । उनको उम्मेदवारीले दमकको व्यवसायिक वृत्तमा ठुलो हलचल पैदा गरिदिएको छ ।

प्रतिक्रिया