समाचार २० वैशाख २०८१
अन्डाको मूल्य घट्यो

ओमकार टाइम्स

नेपाल लेयर कुखुरापालक संघले बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँसमर्थन मूल्य निर्धारण गरेको छ ।बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । 

संघका का अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ । यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो । 





प्रतिक्रिया

सम्बन्धित समाचार