समाचार १ असार २०८१
जुवा खेलिरहेकाे अवस्थामा २२ जना पक्राउ

रेखा चौहान

दमक / काठमाडौँमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जना रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको   गोकर्णेश्वर नगरपालिका– ४ गोकर्ण माइती नेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका हुन् । 

उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रुपैयाँ र ८ थान कौडासहित प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार