अपराध २७ असार २०८१
एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

रेखा चौहान

दमक / काठमाडौंको बुढानिलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नुवाकोट घर भई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङ रहेका छन् ।

उनिहरूले बुधबार बिहान अन्दाजी सवा ३ बजे बुढानिलकण्ठ नगरपालिका-३ रूद्रेश्वर चोकस्थित सडक किनार रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेका हुन् । तोडफोड गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनिहरूलाइ पक्राउ गरेकाे बताएका छन् । 

आराेपीहरूबाट एउटा रड पनि बरामद भएको प्रहरीले जनाएकाे छ । 



प्रतिक्रिया

सम्बन्धित समाचार