समाचार ६ पौष २०७९
यस्तो छ आजको मौसम

ओमकार टाइम्स

 हाल जम्मु-कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (बुधबार बिहान) लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।

आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतः सफा रहनेछ। तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेकाले होसियारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ: तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया