पोखरा । राप्रपा नेपाल कास्कीद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन् । >
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधार भूमि निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। >
२०६२–६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।>
सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्की लगायतका नेताहरूले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेश गर्ने समेत राप्रपा नेपाल कास्कीले जनाएको छ।
>>