मुख्य समाचार
अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन | सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन | नेप्से सूचकमा ३ अंकको वृद्धि | एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते | डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ | राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलका लागि सात एजेन्डा पेश | चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबिच इजरायल–हमास युद्धबारे छलफल | निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद | कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने | न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु |

पत्र-पत्रिका ४ मंसिर २०८०
मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या दिनप्रतिदिन बढ्दै

ओमकार टाइम्स

काठमाडौँ । पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो ।

तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ। मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो । नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ ।

नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी आँखाको पर्दा विशेषज्ञ डा. एली प्रधान बताउँछिन् । 'उपचारको सहजता र चेतनाका कारण रोगीको संख्या घटनुपर्नेमा उल्टै बढ्नका पछाडि मधुमेह नै मुख्य कारण हो,' उनले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार