मुख्य समाचार
‘राइट टु प्रोटिन’ हाफ म्याराथनमा सन्तोषी र राजन प्रथम | संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन : हिक्मत कुमार कार्की | महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन | धुलिखेलमा आगलागीमा परि वृद्धाको मृत्यु , लाखौं बराबरको क्षति | झापामा सरकारले तोकेको भन्दा बढी मुल्यमा किसानको धान खरिदबिक्री | भारतीय मूलकी रुबी ढल्ला क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा | आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने छ : प्रचण्ड | तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो १२१ ड्रोनको हमला | काठमाडौँ महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति | नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाए |

अन्तर्राष्ट्रिय ३० वैशाख २०८१
अफगानिस्तानमा बाढीको कहर : १ सय ५० भन्दा बढीको मृत्यु

एजेन्सी

काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौँको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का छ ।

तालिवान अधिकारीहरूले बाढीका कारण १५० जनाको मृत्यु भएको बताएका छन् । यता मानवीय संस्था विश्व खाद्य कार्यक्रमका अनुसार भने बाढीका कारण तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

बगलान प्रान्तका पाँच जिल्ला शुक्रबार रातिदेखि आएको बाढीको चपेटामा परेका छन् । त्यहाँका घरमा क्षति पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विश्व खाद्य कार्यक्रमका अनुसार २ हजार ११ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यसबाहेक २ हजार ८ सय घरमा क्षति पुगेको छ ।

बाढीका कारण तीन मस्जिद र चार विद्यालयमा पनि क्षति पुगेको छ । उत्तरी अफगानिस्तानको काबुलसँग जोड्ने सडक बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
बीबीसी

प्रतिक्रिया