समाचार २३ वैशाख २०८१
नेपालको वार्षिक जनसङ्ख्या वृद्धि पछिल्लो ८० वर्षमा सबैभन्दा कम

ओमकार टाइम्स

काठमाडौँ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचकहरूअनुसार नेपालमा २ करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ ।

जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा पनि तल रहेको छ ।  कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलका अनुसार यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । 

२०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसङ्ख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उनले बताए ।

  • नेपालमा ६० प्रतिशत एकल परिवार

जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । 

नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।













प्रतिक्रिया