मुख्य समाचार
संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन : हिक्मत कुमार कार्की | महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन | धुलिखेलमा आगलागीमा परि वृद्धाको मृत्यु , लाखौं बराबरको क्षति | झापामा सरकारले तोकेको भन्दा बढी मुल्यमा किसानको धान खरिदबिक्री | भारतीय मूलकी रुबी ढल्ला क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा | आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने छ : प्रचण्ड | तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो १२१ ड्रोनको हमला | काठमाडौँ महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति | नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाए | कन्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु |
मुख्य समाचार
संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन : हिक्मत कुमार कार्की | महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन | धुलिखेलमा आगलागीमा परि वृद्धाको मृत्यु , लाखौं बराबरको क्षति | झापामा सरकारले तोकेको भन्दा बढी मुल्यमा किसानको धान खरिदबिक्री | भारतीय मूलकी रुबी ढल्ला क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा | आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने छ : प्रचण्ड | तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो १२१ ड्रोनको हमला | काठमाडौँ महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति | नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाए | कन्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु |

अर्थतन्त्र १७ श्रावण २०८१
संस्थागत सुशासनलाई चुनौती दिँदै राष्ट्रिय वाणिज्य बैंक , बैंकभित्र कर्मचारीको रजाइँ

केदार खड्का

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सुशासनलाई ठाडै चुनौती दिएको छ। बैंकले सस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणालीको नियम विपरित लामो समयदेखि एउटै कर्मचारीलाई  विभागको जिम्मेवारी दिएर यस नियमको उलंघन गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन नम्बर ५ मा भएको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था र निर्देशिका नम्बर ६ मा भएको सस्थागत सुशासन सम्बन्धी निर्देशन अनुसार एउटा कर्मचारीलाई लामो समयसम्म एउटै जिम्मेवारीमा राखिरहन नमिल्ने व्यवस्था छ। तर राष्ट्रिय वाणिज्य बैंकमा भने पावर र पोजिसशको आडमा लामो समयदेखि स्वार्थ बाझिने गरि एउटै कर्मचारीले विभागको नेतृत्व गरिरहेका छन्  ।

कसलाई कुन जिम्मेवारी ?

नेपाल राष्ट्र बैंकको निर्देशिका नम्बर ५ को व्यवस्था अनुसार एउटा कर्मचारीलाई लामो समयसम्म एउटै जिम्मेवारीमा राखिरहदा सस्थाभित्र आन्तरिक नियन्त्रण प्रणाली कमजोर भई संचालन जोखिम बढ्ने यथार्थ तथा निर्देशिका नम्बर ६ मा भएको सस्थागत सुशासन सम्बन्धी निर्देशनलाई ठाडो चुनौती दिदै मानव संसाधन विभागको विभागीय प्रमुखमा भिम प्रसाद घिमिरलाई विगत ५ बर्षदेखि विभागीय प्रमुख र विगत १० बर्षभन्दा बढी समयसम्म पदपूर्तिको प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारीमा राखिएको पाईएको छ।

संस्थागत सुशासनको मर्यादा विपरीत विगत १४ बर्षदेखि मानव संसाधन (एचआर) विभागमा  रहेका छन् । घिमिरे सातौं, आठौं, नवौं र दशौं  तहसम्म आईपुग्दा समेत मानव संसाधन विभागमै कार्यरत रहि अहिले उक्त विभागका प्रमुख छन्।

त्यस्तै, बैंकका कर्मचारी कृष्ण शाहपनि विगत  ५ बर्षदेखि  कम्प्लाइन्स विभागका प्रमुख रहेर बसेका छन् । भने भवानी शंकर निरौला  विगत ५ बर्षदेखि कानून  विभागका प्रमुख कर्मचारी भई एउटै विभागको जिम्मेवारीमा छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालय पोखराका प्रमुख प्रमोद अधिकारी पनि विगत ५ बर्षदेखि एउटै जिम्मेवारी सम्हालिरहेका छन् । उनी अर्थमन्त्री बिष्णु पौडेलका नातेतार हुन् । जसका कारण पनि उनी पावरको आडमा उक्त कार्यालयमा लामो समयदेखि बसिरहेका छन् ।

यस बिषयमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण र बाह्य लेखापरीक्षणले समेत बैंक व्यवस्थापनलाई बारम्बार सचेत गराएको छ । तर, बैंकका सीइओ र केहि संचालक समिति सदस्यको संरक्षणमा घिमिरे उक्त विभागका प्रमुख छन् । स्रोतका अनुसार उनी अझै एक तह बढुवा खाएर मात्र निस्किने तयारीमा छन् ।

बैंकमा घिमिरे मात्र होइनन्, कम्प्लाइन्स विभागका प्रमुख कृष्ण शाह र कानून  विभागका प्रमुख कर्मचारी भवानी शंकर निरौला पनि विगत ५ बर्षदेखि एउटै विभागको जिम्मेवारीमा छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालय पोखराका प्रमुख प्रमोद अधिकारी पनि विगत ५ बर्षदेखि एउटै जिम्मेवारी सम्हालिरहेका छन् । उनी अर्थमन्त्री बिष्णु पौडेलका नातेतार हुन् । जसका कारण पनि उनी पावरको आडमा उक्त कार्यालयमा लामो समयदेखि बसिरहेका छन् ।

जोखिम व्यवस्थापन सम्बन्धि व्यवस्था
नेपाल राष्ट्रबैंकको निर्देशिका नम्बर ६ मा गरिएको संस्थागत सुशासन सम्बन्धी व्यवस्थामा एउटै व्यक्ति २ बर्षभन्दा बढी समयसम्म एउटै विभागमा रहन नसक्ने प्रष्ट रुपमा उल्लेख गरिएको छ। तर राष्ट्रिय वाणिज्य बैंकले भने यस व्यवस्थाको खिल्ली उडाएको देखिन्छ ।

संस्थागत सुशासन विपरित स्वार्थ बाझिने गरि यस विभागमा लामो समयसम्म रहेका घिमिरेले कर्मचारी सरुवा बढुवामा समेत अनियमिता गरेको पाईएको छ । उनले आर्थिक बर्ष २०८०/८१ मा ९ महिनासम्म अमेरिका बसेर फर्केका ट्रेजरी विभागका उप-प्रमुख पुस्पचन्द्र थापालाई अस्वभाविक तरिकाले बढुवा गरेका छन् । घिमिरेले थापालाई मनोमानी ढङ्गले नवौं तहबाट दशौं तहमा बढुवा गरेका हुन् ।

त्यस्तै, घिमिरेले आरबिबी ब्रोकरकी सिइओ बेनी शाहलाई पनि एचआर निममावलीमा भएको व्यवस्था विपरीत बढुवा गरेका छन् । बैंकले लिएको आन्तरिक परिक्षामा उनी अनुत्तीर्ण भइन् । एनआईसी यसिया बैंकबाट आएकी उनलाई समान योग्यताका प्रतिस्पर्धी भन्दा कम अंक दिएर  अनुत्तीर्ण गराईयो । यसमा असन्तुष्टि जनाउँदै शाहले बोर्डमा उजुरी गरिन् । बोर्डले पनि बैंककै निर्णय सदर गरेपछि उनले बैंक विरुद्ध अदालतमा मुद्दा दायर गरिन् ।

बोर्डको निर्णय विरुद्ध मुद्दा दायर गरेमा २ अंक घटाएर मुल्यांकन गरिने व्यवस्था छ । तर, अर्थ मन्त्रालयको दवावमा उनलाई उक्त अंक नघटाइ बढुवा गरिएको छ ।

त्यसैगरी, घिमिरेले आफ्नो पदिय मर्यादा विपरित पदपूर्तीमा समेत आफ्ना आफन्त र आफूलाई मन पर्ने नजिकका व्यक्ती नियुक्त गरि अनियमित तरिकाले बढुवा गर्ने गरेको बैंककै कर्मचारीहरुको गुनासो छ । त्यस्तै घिमिरेले आर्थिक अनियमिता गर्दै करारमा समेत कर्मचारी भर्ना गरिरहेको स्रोत बताउँछ  ।

लामो समयदेखि एउटै विभागमा रहेका घिमिरेले बैंकका तल्लो तहका कर्मचारीमाथी समेत अन्यायपूर्ण व्यवहार गर्दै अपायक पर्ने दुर्गम क्षेत्रमा सरुवा गरि अनावस्यक दुख दिने गरेको स्रोतको दावी छ ।

त्यसैगरी पदपूर्ति प्रकृयामा मूल्यांकन बढुवामा प्रयोग हुने मूल्यांकन फारमको पाना परिवर्तन गर्दै अनियमित ढंगले आ-आफ्नो मान्छेलाई बढुवा गर्ने गरेको सोतले जनाएको छ ।

स्रोत भन्छ, ' घिमिरेले लामो समयसम्म मानव संसाधन विभागमा रहेर सूचना तथा महत्वपूर्ण तथ्यांकनै लुकाएर अरुले उक्त विभाग चलाउन नसक्ने भन्दै भ्रम फिजाईरहेका छन् । जुन सरासर गलत हो। उच्च व्यवस्थापनले पनि विज्ञताको बहानामा अझै उनलाईनै निरन्तरता दिई अनियमिताको साक्षि बनिरहेको छ।'

यसै सन्दर्भमा ओमकार टाइम्स प्रतिनिधिले बैंकका सीईओ देवेन्द्र खनालसंग जिज्ञासा राख्दा खनालले भने ` यो बैंकको आवश्यकतालाई हेरेर गरेको काम हो । हामी संस्थागत सुशासनलाई ध्यानमा राखेर नै काम गरिरहेका छौँ , आजसम्म हामीलाई यो बिषयमा राष्ट्र बैंकले कुनै निर्देशन दिएको छैन ।´

बैंकको सीईओ नै एउटा कर्मचारीलाई उसको अनुकूल संरक्षण गरेर राख्नुले बित्तीय अनुशासनमा कत्तिको असर परेको होला सहजै अनुमान लगाउन सकिन्छ । बैंकको खराब कर्जाको बारेमा खोजमुलक समाचार आगामी अंकमा प्रकाशित गरिने छ ।

प्रतिक्रिया