मुख्य समाचार
मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तोगीका युवा | अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन | सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन | नेप्से सूचकमा ३ अंकको वृद्धि | एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते | डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ | राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलका लागि सात एजेन्डा पेश | चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबिच इजरायल–हमास युद्धबारे छलफल | निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद | कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने |

खेल ४ मंसिर २०८०
यस्तो छ आईसीसीको विश्वकप टोली, पाकिस्तानी खेलाडीले स्थान पाएनन्

एजेन्सी

काठमाडौँ । आईसीसीले विश्वकप २०२३ का खेलाडीहरूको टोली तयार गरेको छ । यसमा पाँच देशका १२ खेलाडीहरूलाई स्थान दिइएको हो । यसलाई आईसीसीले ‘टीम अफ टूर्नामेन्ट’ नाम दिएको छ । आईसीसीको विश्वकप टोलीमा सबैभन्दा धेरै ६ जना भारतीय खेलाडीहरू छन् ।

टोलीको कप्तान भारतीय कप्तान रोहित शर्मालाई सुम्पिएको छ ।  शर्माबाहेक टोलीमा स्थान बनाउने भारतीय खेलाडीहरूमा विराट कोहली (७६५ रन), केएल राहुल (४५२ रन), रवीन्द्र जडेजा (१२० रन, १६ विकेट), जसप्रित बुमराह (२० विकेट) र मोहम्मद शमी (२४ विकेट) रहेका छन् ।

भारत आइतबार अहमदाबादमा खेलिएको फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । आईसीसीको टोलीमा अस्ट्रेलियालाई च्याम्पियन बनाउने तथा फाइनलमा म्यान अफ द म्याच चुनिएका ट्राभिस हेडलाई भने समावेश गरिएको छैन । उनले फाइनलमा १ सय ३७ रन बनाएका थिए ।

यस टोलीमा अस्ट्रेलियाका दुई खेलाडी ग्लेन म्याक्सवेल (४ सय रन) र एडम जाम्पा (२३ विकेट) समावेश गरिएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका क्विन्टन डी कक (५९४ रन) र जेराल्ड कोट्जी (१२ औँ खेलाडी),  न्युजिल्याण्डका डेरेल मिचेल (५५२ रन) र श्रीलंकाका दिलशान मधुशंका (२१ विकेट) सामेल छन् ।

टोलीलाई इयान बिसपसहित तीन कमेन्टेटर, एक पत्रकार र आईसीसीका जनरल म्यानेजर वसीम खानले चुनेका थिए ।

प्रतिक्रिया