दक्षिण कोरियाका एक राजनीतिज्ञले पुरुषहरूको आत्महत्याको वृद्धिलाई समाजमा महिलाको बढ्दो ‘प्रभावी’ भूमिकासँग जोडेर अप्रमाणित टिप्पणी गरेका छन् । उनको यस अभिव्यक्तिको चौतर्फ आलोचना भइरहेको छ।>
एक रिपोर्टमा, सियोल सिटी काउन्सिलर किम की-डकले रोजगारीमा महिलाहरूको बढ्दो सहभागिताले पुरुषहरूलाई काम पाउन र उनीहरूसँग विवाह गर्न चाहने महिलाहरू खोज्न गाह्रो भएको तर्क गरेका थिए । उनले देश भर्खरै ‘महिला-प्रधान समाजमा परिवर्तन हुन थालेको’ र यो ‘पुरुषहरूको आत्महत्या प्रयासमा वृद्धिको लागि आंशिक रूपमा जिम्मेवार हुन सक्ने’ दाबी गरे ।>
दक्षिण कोरिया सबैभन्दा आत्महत्या दर बढी भएको विश्वका धनी देशहरूमध्ये मध्ये एक हो । त्यहाँ लैङ्गिक समानताको स्थिति पनि खराब छ। >
सियोलको हान नदीको किनारका पुलहरूमा आत्महत्या प्रयासहरूको सङ्ख्याको तथ्याङ्कको विश्लेषण गर्दा डेमोक्र्याटिक पार्टीका काउन्सिलर किम आफ्नो मूल्याङ्कन प्रस्तुत गरेका थिए ।>
नगर परिषद्को आधिकारिक वेबसाइटमा प्रकाशित प्रतिवेदनले नदी किनारमा आत्महत्या गर्ने प्रयासको सङ्ख्या २०१८ मा ४३० बाट बढेर २०२३ मा १,०३५ पुगेको देखाएको छ । आफ्नो ज्यान लिन खोज्नेहरू मध्ये पुरुषहरूको अनुपात ६७ प्रतिशतबाट ७७ प्रतिशतसम्म बढेको बताइएको छ।>
आत्महत्या रोकथाम विज्ञहरूले किमको विश्लेषणमा चिन्ता व्यक्त गरेका छन्। ‘पर्याप्त प्रमाण बिना यसरी दाबी गर्नु खतरनाक र मूर्खता हो,’ सियोलको योन्सेई विश्वविद्यालयका मानसिक स्वास्थ्यसम्बन्धी प्राध्यापक सङ इन हानले बीबीसीलाई भने।>
उनले विश्वमा नै महिलाको तुलनामा पुरुषले बढी ज्यान लिने गरेको बताए । बेलायतलगायत धेरै देशहरूमा ५० वर्ष मुनिका धेरै पुरुषहरूले आत्महत्या गर्ने बताए ।
सङले सियोलमा आत्महत्या गर्ने पुरुषहरूको तीव्र वृद्धिको कारणलाई वैज्ञानिक रूपमा अध्ययन गर्न आवश्यक रहेको बताए ।>
दक्षिण कोरियामा पूर्ण-समय रोजगारीमा पुरुष र महिलाहरूको सङ्ख्यामा ठुलो खाडल छ । महिलाहरूले असमानतापूर्वक अस्थायी वा पार्ट-टाइम कामहरू गर्छन्। लैङ्गिक तलब अन्तर बिस्तारै सङ्कुचित हुँदै गएको छ, तर अझै पनि महिलाहरूलाई पुरुषको तुलनामा औसत २९ प्रतिशत कम तलब दिइन्छ।>
हालैका वर्षहरूमा दक्षिण कोरियामा एक नारीविरोधी आन्दोलन बढेको छ, जसको नेतृत्व भ्रमित युवा पुरुषहरूले गरेका छन् । उनीहरू महिलाहरूको जीवन सुधार गर्ने प्रयासबाट आफूहरूलाई बेफाइदा भएको तर्क गर्छन् ।
>
>>