मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

अमेरिकी राष्ट्रपतिमा रोन डेसान्टिसको उम्मेदवारी घोषणा

एजेन्सी

काठमाडौँ । सन् २०२४ मा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतीय निर्वाचनका लागि थुप्रै अनुहार चर्चामा छन् । 

त्यसमध्येका एक हुन्, रोन डेसान्टिस । अन्ततः लामो समयदेखिको अनुमानलाई सही साबित गर्दै रोनले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  

उनले स्थानीय समयअनुसार बुधबार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्ीटरको प्रत्यक्ष प्रसारणमा समस्या आएपछि उनको उम्मेदवारी दर्ता प्रक्रियामा करिब २० मिनेट विलम्ब भएको थियो ।

रोनको उम्मेदवारी घोषणाको प्रत्यक्ष प्रसारण सुन्न ५ लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ता व्यग्र प्रतीक्षामा थिए । त्यही समयमा ट्वीटरमा समस्या आएपछि केही समयका लागि प्रत्यक्ष प्रसारण अवरुद्ध बनेको थियो । प्राविधिक समस्या समाधान भएपछि पुनः रोनले सम्बोधन गर्दा त्यो सँख्या घटेर २ लाख ५० हजारमा झरेको थियो ।

४४ वर्षीय रोन अमेरिकी सेनाका पूर्वअधिकारी पनि हुन् । उनी अहिले फ्लोरिडाका ४६औँ गभर्नर पनि हुन् । उनले सन् २०१९ देखि उक्त पद समाल्दै आएका छन् । निकै लामो समयदेखि उनी राष्ट्रपति पदको आगामी निर्वाचनमा उम्मेदवार बन्ने कुरा चर्चामा थियो ।

सन् २०१३ देखि सन् २०१८ सम्म उनी अमेरिकी तल्लो सदनका सदस्य पनि थिए । उनले आफूले मात्र आगामी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनलाई चुनौती दिन सक्ने दाबी गरेका छन् । यद्यपि, उनी गत नोभेम्बरमा मात्र फ्लोरिडाको गभर्नरमा पुनर्निर्वाचित भएका थिए ।

‘राष्ट्रपति पदको आगामी निर्वाचनका लागि म अगाडि आएको छु । अमेरिकालाई कुशल नेतृत्व प्रदान गर्दै सही दिशा प्रदान गर्न प्रतिबद्ध पनि छु,’ राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै रोनले भनेका छन् । उनले शैक्षिक सुधारको विषयलाई आफ्नो मुख्य मुद्दा बनाएका छन् ।

आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाटै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि उम्मेदवार बन्ने दौडमा छन् । त्यसैले पार्टीभित्र फ्लोरिडाका गभर्नर रोनका लागि ट्रम्प नै सबैभन्दा ठूलो चुनौती बन्दै आएका छन् ।

अमेरिकी राष्ट्रिय राजनीतिमा पनि रोन चिरपरिचित अनुहार हुन् । उनी सन् २०१२ मा पहिलो पटक अमेरिकी संसद्को तल्लो सदनमा निर्वाचित भएका थिए । सन् २०१८ मा सिनेटर बन्ने दौडमा असफल भएपछि उनी फ्लोरिडाको गभर्नरमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार