राजनीति १९ कार्तिक २०७९
एमाले प्रदेश १ को घोषणापत्र : प्रदेशको नामाकरणदेखि आर्थिक हब विराटनगरसम्म (पूर्णपाठ)

ओमकार टाइम्स

 नेकपा एमाले प्रदेश १ कमिटीले प्रदेश नामकरणलाई मुख्य एजेन्डा बनाउँदै घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले प्रदेशको नामकरण गरी अत्याधुनिक सुविधासहितको प्रदेश राजधानीको भौतिक संरचना बनाउने प्रतिबद्धता जनाएको छ ।एमालेले प्रदेश १ लाई आत्मनिर्भर प्रदेश बनाउने र नेपालको संविधानले प्रदेशलाई दिएका अधिकारहरूलाई प्रदेश सरकारअन्तर्गत ल्याउने जनाएको छ । एमालेले औद्योगिक नगरी विराटनगरलाई आर्थिक राजधानीमा रूपान्तरण गर्ने उद्घोष गरेको छ ।

प्रदेश सरकारका मन्त्रालयबाट दिइने सेवाहरू जिल्ला-जिल्लाबाटै प्रदान गर्ने व्यवस्था गर्ने र शासन प्रणालीमा सुशासन, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्ने बताएको छ ।

यस्तै पहाडी र हिमाली जिल्लामा विभिन्न अवसर सिर्जना गरेर बसाइसराइको दर घटाउने, हिमालय पर्वत शृङ्खलामा छोटो मार्गबाट पर्यटक पुर्‍याइ आम्दानी बढाउने प्रतिबद्धता जनाएको छ ।

एमालेले कोसी नदी प्रणाली र यसको पानीलाई बहु उपयोगमा ल्याउने, प्रदेश १ लाई नेपालको महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्ने जनाएको छ ।

यस्तै विराटनगर विमानस्थललाई शीत भण्डारसहितको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, प्रदेशस्तरीय खुला चिडियाघर सञ्चालन गरिने प्रतिबद्धता एमालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार