समाचार १७ फाल्गुन २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव दाहाल

ओमकार टाइम्स

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिएको छ । फागुन १६ गतेदेखि लागु हुनेगरी दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको अख्तियारले जनाएको छ ।यसअघिका प्रवक्ता श्याम भण्डारीको सरुवा भएको थियो ।

फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश एकमा सरुवा गरेको थियो ।

आयोगले सहायक प्रवक्ता एवम सूचना अधिकारीको जिम्मेवारी आयोगमा कार्यरत उपसचिव देवीप्रसाद थपलियालाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार