समाचार १८ असार २०८०
मेगा क्यापिटल एनआईबिएल एस क्यापिटलमा गाभियो, कम्पनीको चुक्ता पुँजी ४७ करोड पुग्ने

ओमकार टाइम्स

काठमाडौँ । हालको मेगा म्यापिटल लिमिटेड एनआईबिएल एस क्यापिटलमा गाभिने भएको छ । 

गत जेठ २९ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले एक्विजिसन तथा प्राप्तिका लागि सहमति दिएसँगै कम्पनी रजिष्ट्रारको कार्यालयले समेत असार ११ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबारमा जाने भएका हुन् । 

यी दुई कम्पनीले आजबाट अर्थात् असार १८ गतेदेखि एकीकृत कारोबारमा जाँदैछन् । मर्जर पश्चात मर्चेट कम्पनीको नाम एनआईबिएल एस क्यापिटल रहने छ । कम्पनीले मेगा क्यापिटललाई प्राप्ति (एक्विजिसन)गरे पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड पुग्ने ।

यस्तै, कम्पनीको हितग्राही खाता संख्या ४ लाख ८५ हजारभन्दा बढी हुनेछ भने ७ वटा शाखा कार्यालयहरु र ५५ वटाभन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाखभन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ ।

यस प्राप्ति (एक्विजिसन)पश्चात हाल कम्पनीले गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार