विपाश्यनाका लागि नेपाल आएका आमिर खान ध्यानलाई बीचमा छोडेर भारत फर्किएका छन् । आइतबार नेपाल आएका उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन् । >
बुढानीलकण्ठस्थित विपाश्यना ध्यान केन्द्रका सुशील शाहले उनी ध्यानलाई बीचमा नै छोडेर स्वदेश फर्किएको पुष्टि गरेका छन् । आमिर किन एकाएक भारत फर्किए भनेर सोधिएको प्रश्नमा उनले मुम्बईबाट साथी बितेको खबर आएपछि ध्यानलाई बीचमा नै छोडेर भारत फर्किएकाे बताए ।>
‘उनको ध्यान सकिन अझै पाँच दिन बाँकी थियो तर मिल्ने साथीको देहान्तको खबर पाएपछि उनले यसलाई बीचमा नै रोक्ने निर्णय गरे । उनी छिटोभन्दा छिटो मुम्बई फर्कन चाहन्थे,’ उनले भने ।>
‘फर्किने बेलामा आमिरले पुनः आउने बाचा गरेका छन् । अर्को पटक परिवारसहित आउने इच्छा देखाउँदै उनी हामीबाट बिदा भए,’ सुशीलले भने । >
आमिर आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनी शुक्रवार बिहान १०:५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।
>>