सुन-चाँदी २८ फाल्गुन २०७९
एकैदिन १७ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

ओमकार टाइम्स

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो। यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ।

आज छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य एक लाख एक हजार ८००, तेजावी सुनको मूल्य एक लाख एक हजार ३०० र चाँदीको मूल्य एक हजार २२० रुपैयाँ थियो ।

प्रतिक्रिया