राष्ट्रिय समाचार २७ फाल्गुन २०७९
पृथ्वी राजमार्ग भोलिदेखि १५ दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

ओमकार टाइम्स

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक ४ घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ। अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए। उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने गरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार