अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

ओमकार टाइम्स

आइतबार अमेरिकी डलरको भाउ बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा कायम गरिएको छ। 

शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेको हो।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ४० पैसा र बिक्रीमा १४१ रुपैयाँ ३ पैसा पाइन्छ। युरोको भाउ अघिल्लो दिनको तुलनामा ०.७ पैसा घटेको हो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ६९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४२ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ९० पैसा र बिक्रीमा ३० रुपैयाँ ४ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ५२ पैसा तोकिएको छ।

प्रतिक्रिया