अन्तर्राष्ट्रिय १८ मंसिर २०८०
इजरायलद्वारा गाजामा फेरी हवाई आक्रमण

ओमकार टाइम्स

काठमाडौं । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ ।

इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो । पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ ।

यसैबीच, गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएको बताएको छ ।

नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु गाजाको अल–मुमालत अस्पतालमा लगिएको जानकारी दिए ।

सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएको बताए


प्रतिक्रिया

सम्बन्धित समाचार