समाचार ३ पौष २०८०
हतियारसहित रुपन्देहीमा दुई पक्राउ

ओमकार टाइम्स

रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।

उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स(साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हँसिया थान, चक्कु, दाउसहित फेला पारेपछि हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको थापाले जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित समाचार