मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

समाचार अपराध १२ जेठ २०८०
जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

एजेन्सी

टोकियो । जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

जापनीज सञ्चार माध्यमका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनको नाम भने सार्बजनिक गरिएको छैन । 

आक्रमणकारीको उद्देश्य के थियो रु त्यो भने अझै खुल्न सकेको छैन । प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या गरिए पछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएको छ किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ । 

प्रतिक्रिया