समाचार ६ कार्तिक २०७९
प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध छ : गृहमन्त्री

ओमकार टाइम्स

गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतवार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गरे । गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्देशनसमेत दिए । उनले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन प्रहरी जवानहरूलाई निर्देशन दिए ।

गृहमन्त्री खाँणले प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘तालिमका बेला तपाईहरुले बगाउनुभएको पसिनाले भोलिका दिनमा फिल्डमा देखिने हरेक समस्या र चुनौतीहरूको समाधानमा सफल हुनुहुनेछ । तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु । नेपाल प्रहरीका तालिम आवश्यक्ता अनुरुप बजेट विनियोजन हुँदै आएको छ । चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरे त्यसमा नेपाल सरकार र गृहमन्त्रालय सकारात्मक छ । कानूनी राज्यको स्थापनाका लागि दृढ रहन निर्देशन गर्दछु ।’ 

उनले भने, ‘आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन निर्देशन दिन्छु । प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र गर्नसक्छ । नेपाल सरकार र गृह मन्त्रालय प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सहयोग गर्दै आएको छ । प्रहरीको आधुनिकीकरण र प्रविधिकरण नेपाल सरकारको प्राथमिकतामा छ ।’

गृहमन्त्री खाँणले आगामी दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने विश्वास व्यक्त गरे ।  





प्रतिक्रिया

सम्बन्धित समाचार