मुख्य समाचार
छानबिन समिति बनाए हुन्छ तर संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने | मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु | | राष्ट्र संघमा प्यालेस्टाइनको सदस्यतालाई व्यापक समर्थन, अमेरिका र इजरायलको विरोध | प्रथम कर्णाली म्याराथनको उपाधि विभागीय टिमलाई | दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा | आजकाे माैसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा घगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना | गर्मीमा बिहान कति हिँडडुल गर्नुपर्छ ? | बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवार द्वारा खोजिदिन अपिल | यस्ता छन् गर्मीमा दही खानुका फाइदा |

समाचार २ असोज २०८०
संसदले अभिभावक गुमायो : ओनसरी घर्ती

ओमकार टाइम्स

काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताएकी छन् । 
मंगलवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङ र संविधान विषयक कार्यक्रममा बोल्दै उनले स्व.नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनी संसदको अभिभावक भएको बताइन् । 

उनले नेम्वाङलाई समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रुपमा स्मरण गरिन् । उनले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताइन् । घर्तीले स्व. नेम्वाङ संविधान सभाको सफल अध्यक्ष भएको बताइन् । 

उनले भनिन्, ‘आज हामीले एक अभिभावक गुमाएका छौँ संसदको लागि । संसद चलाउनका लागि आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक नै गुमाएको छ । साथै एक समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ । यो पनि हाम्रो ठूलो क्षति हो । आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ । हामी सबैले सम्झिरहन्छाँै ।’

पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उनले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैँ सम्झिरहने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार