बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' आजदेखि प्रदर्शनमा आएको छ। >
फिल्म प्रदर्शनमा आएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेकाे छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शले फिल्मलाई साढे ४ स्टार रेटिङ दिँदै ब्लकबस्टर बताएका छन्।>
विश्वभर ७७ सय स्क्रिनमा एकसाथ प्रदर्शनमा आएको फिल्मले भारतमा ५२ सय स्क्रिन पाएको छ। फिल्मले नेपालमा पनि आक्रामक शो पाएको छ।>
दैशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘पठान’ लाई ११३ शो दिएको छ। त्यसैगरी बिग मुभिज, वान सिनेमाज, क्युज सिनेमाज र एफक्युब सिनेमाजले पनि फिल्मलाई उत्साहजनक शो उपलब्ध गराएको छ।>
आजका धेरै शोहरू मंगलबार नै ‘सोल्डआउट’ भइसकेका छन्। ‘पठान’ प्रदर्शन भएसँगै बन्द भइसकेका नेपालका ६ हलहरू पुनः सञ्चालन आएका छन्।>
मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरू सञ्चालनमा आएका हुन्।>
>
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। >
शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ। >
निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।>>