समाचार १३ कार्तिक २०७९
दक्षिण कोरियाको सियोलमा ह्यालोविन फेस्टिवलमा भागदौड, १४६ जनाको मृत्‍यु

ओमकार टाइम्स

 दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोविन मनाउने क्रममा भागदौड हुँदा १४६ जनाको मृत्यु भएको छ ।१५० जना घाइते भएका छन् । नेशनल फायर एजेन्सीका एक अधिकारी चोई चेओन-सिकलाई उध्रदत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जानकारी गराए अनुसार इटावान लेसर जिल्लाको एक साँघुरो सडकमा भागदौड हुँदा उक्त घटना घटेको हो ।

मृत्‍यु हुनेहरुको संख्या अझै बढ्न सक्ने मिडिया रिपोर्टमा उल्लेख छ । हालसम्म मृत्‍यु हुने मध्य धेरैको हृदयघात कारण मृत्‍यु भएको बताइएको छ ।

घटनापछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई राम्रो गुणस्तरिय उपचार गर्न र घटनास्थलको सुरक्षा प्रवन्धबारे समिक्षा गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया

सम्बन्धित समाचार