बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।
बुधबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। >
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। >
बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय पाँच रूपैयाँमा कारोबार भएको छ। >
>
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय पन्ध्र अमेरिकी डलरमा कारोबार भइरहेको छ।