अर्थतन्त्र १ श्रावण २०८०
करको असर : हवाई भाडा ६ प्रतिशतसम्मले बढ्ने

ओमकार टाइम्स

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै सरकारले ल्याएको बजेटको व्यवस्था समेत लागू भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षका लागि ल्याएको नयाँ व्यवस्थाअनुसार आजदेखि हवाई भाडा समेत महँगिने भएको हो ।

अर्थमन्त्री डा. महतले हवाई भाडामा मूल्य अभिवृद्धि करको व्यवस्था गरेका थिए । यससँगै, आजदेखि यो नियम लागू हुने भएको छ । हवाई कम्पनीहरूका अनुसार हवाई भाडामा यात्रुलाई भ्याट लिँदा भाडादर ६ प्रतिशतसम्मले बढ्ने छ । सरकारले कर सङ्कलन दर बढाउने लक्ष्यसहित नेपालमा पहिलोपटक सुरु गरेको हो ।

प्रतिक्रिया