क्यालिफोर्निया राज्यमा भएको गोलीकाण्डमा ७ जनाको मृत्यु

ओमकार टाइम्स

 अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको पछिल्लो गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो ।

सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन् । हाफ मुन वे एसियाली मूलका मानिसहरुको बाहुल्य भएको क्षेत्रको रुपमा चिनिन्छ ।

हत्यामा संलग्न भएको भन्दै प्रहरीले ६७ वर्षीय झाओ चुन्ली भन्ने पुरुषलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार उनले हत्या गरेका चार व्यक्तिको शव च्याउ फार्ममा फेला परेका थिए । अरु तीनवटा शव त्यसको नजिकै फेला परेका थिए ।

क्यालिफोर्नियाका गभर्नर गेविन न्युजोमले गोली काण्डका यी घटनालाई ‘त्रासदीपूर्ण’ भनेर टिप्पणी गरेका छन् । पहिलो गोलीकाण्डमा घाइते भएकाहरुलाई भेटिरहेकाबेला उस्तै प्रकृतिको अर्को घटना हुनुलाई उनले दुःखद र कायरतापूर्ण भनेर टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार