अन्तर्राष्ट्रिय ३१ असोज २०७९
युक्रेनको राजधानी किभमा थुप्रै बिस्फोट, ड्रोनको प्रयोग

ओमकार टाइम्स

युक्रेनको राजधानी किभमा कम्तीमा तीनवटा बिस्फोट सुनिएको छ । किभका मेयर भिटाली क्लित्सकोले विष्फोटले सेन्ट्रल शेभचेन्किभ्स्कीमा रहेको आवासीय भवनमा क्षति पुगेको बताए । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले कामिकेजे ड्रोनबाट विष्फोट गराएको दाबी गरेको छ ।

गत साता पनि रुसले युक्रेनको धेरै सहरमा मिसाइल आक्रमण गरेको थियो जसमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो । किभमा बीबीसी संवाददाता पाउल एडम्सका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजे विस्फोट भएको हो ।

सोशल मिडिया साइट टेलिग्राममा विस्फोटको विवरण दिँदै, क्लिट्स्कोले भने, ‘विस्फोटहरू शेभचेन्किभ्स्की जिल्लामा भएको थियो, जुन गत हप्ता पनि लक्षित थियो ।’

उद्धारकर्मी घटनास्थल पुगिसकेको उनले बताए । उनले हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता क्रिमियन पुलमा भएको आक्रमणको लागि युक्रेनको विशेष सेवा जिम्मेवार रहेको बताएका थिए । रुसले क्रिमियामा गएर पुलमा क्षति पुर्याएपछि बदला लिइएको उनले बताए ।




प्रतिक्रिया

सम्बन्धित समाचार