समाचार १४ कार्तिक २०७९
१२ वर्ष कैद सजाय माग गर्दै सन्दीपविरुद्ध मुद्दा दर्ता

ओमकार टाइम्स

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएसँगै लामिछानेलाई अदालत लगिँदै छ । बलात्कार मुद्दामा हिरासतमा रहेका लामिछानेविरुद्ध १२ वर्ष कैद मग गर्दैै अदालतमा मुद्दा दर्ता भएको हो।

सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले मुद्दा दर्ता भएको जानकारी दिएका छन् । थुनछेक बहस आजै हुने र नसकिए भोलिपनि बहस हुने उनले बताएका छन् । यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ।

प्रहरीले प्रतिवेदन तयार पारेर बुझाइ सकेको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएपछि उनलाई हिरासतमा राख्ने समय थपिएको थियो । पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो । त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई विमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया