खेल १ चैत्र २०७९
एकदिवसीय वरीयतामा नेपालको फड्को

ओमकार टाइम्स

काठमाडौँ । आईसीसीको एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले राम्रो सुधार गरको छ । आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो ।

आईसीसीको अघिल्लो पटक सार्वजनिक गरेको वरीयतामा नेपाल १९ औं स्थानमा थियो । नेपाल अहिले सार्वजनिक भएको वरीयतामा १६ औं स्थानमा उक्लेको छ ।

नेपालले यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी)लाई पछि पारेको छ । आईसीसी विश्वकप लिग–२ मा पछिल्लो समय गरेको उत्कृष्ट प्रदर्शनले नै नेपालको वरीयतामा सुधार भएको हो ।नेपालले पछिल्लो ११ खेलबाट १० खेलमा जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार