समाचार अपराध १० फाल्गुन २०७९
भारतबाट ल्याइएको अवैध सामान बरामद

ओमकार टाइम्स

 इलाका प्रहरी कार्यालय दमकले भारतबाट ल्याइएको अबैध समान नियन्त्रणमा लिएको छ । मंगलबार राति ८ः३० मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ गोर्खाली टोल स्थित पूर्व पश्चिम राजमार्गमा भारतबाट अवैध रूपमा ल्याई बेवारिसे अवस्थामा छाडिएको समान बरामद गरेको हो ।

रु तीन लाख २२ हजार ६ सय मूल्य बराबरको खाद्यान्न, पेय पदार्थ, रङ र जुत्ताहरू बरामद गरिएको र आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार