अन्तर्राष्ट्रिय २२ फाल्गुन २०७९
बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी (तस्बिरहरू)

ओमकार टाइम्स

बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थीहरूको शिविरमा भीषण आगलागी भएको छ। अलजजिराका अनुसार आइतबार दिउँसो कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी भएको हो। 

आगलागीबाट १२ हजार शरणार्थीहरू छानाविहीन भएका छन्। शिविरमा रहेका घरहरू जलेपछि उनीहरू खुला आकाशमूनि बस्न बाध्य भएका छन्। 

आगलागीमा मानवीय क्षति भने भएको छैन। 

आगलागीको कारण थाहा भएको छैन। तीन घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।

म्यानमारको रखाने क्षेत्रका मुस्लिमहरू विस्थापित भएर शरणार्थी बनेर बंगलादेशमा बस्न क्रम वर्षौंदेखि चलिरहेको छ।

प्रतिक्रिया