राष्ट्रिय समाचार १५ असोज २०७९
लुम्बिनी प्रदेश : यस्तो छ सत्तारुढ दलहरूको सीट बाँडफाँट, कुन दललाई कति ?

ओमकार टाइम्स

रुपन्देही । सत्तारुढ ५ दलले लुम्बिनी प्रदेशमा रहेका २६ संघीय सीट बाँडफाँडमा सहमति जनाएका छन् । यद्यपि यसलाई प्रदेशका ५२ सीटसँग नै टुंगाउने गरी अन्तिम हस्ताक्षर भने गरिएको छैन ।




लुम्बिनीबाट कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ७, नेकपा एकीकृत समाजवादीले ४, जसपाले २ र राष्ट्रिय जनमोर्चा १ सीट लिने गरी सहमतिमा पुगेका हुन् ।


कांग्रेसले पश्चिम नवलपरासीको क्षेत्र नं २, रुपन्देही क्षेत्र नं ३,४ र ५, कपिलवस्तु क्षेत्र नं २ र ३, पाल्पा क्षेत्र नं १, गुल्मी क्षेत्र नं १, अर्घाखाँची, दाङ क्षेत्र नं ३, बर्दिया क्षेत्र नं १, बाँकेको क्षेत्र नं ३ गरी बहुमत १२ क्षेत्र पाएको छ ।


माओवादीले पश्चिम नवलपरासीको क्षेत्र नं १, कपिलवस्तुको क्षेत्र नं १, दाङको क्षेत्र नं २, बाँकेको क्षेत्र नं १, बर्दियाको क्षेत्र नं २, रोल्पा र रुकुम पूर्व पाएको छ ।


त्यसै गरी नेकपा एसले पाल्पाको क्षेत्र नं २, गुल्मीको क्षेत्र नं २, दाङको क्षेत्र नं १ र रुपन्देहीको क्षेत्र नं २ तथा जसपाले बाँके क्षेत्र नं २ र रुपन्देही क्षेत्र नं १ तथा जनमोर्चाले प्युठान पाउने गरी सहमति भएको हो ।


माओवादी केन्द्रका सचिव बलदेव खनालले संघीय सीटमा सहमति भएको तर प्रदेशको पनि एकै पटक टुंगो लगाउने गरी तयारी भएकाले सार्वजनिक नगरिएको बताए ।


‘हाम्रो प्रदेशको संघीय सीटको टुंगो लागेको अवस्था हो, अन्य प्रदेशको केही सीटमा विवाद बाँकी रहेकाले औपचारिक हस्ताक्षर भएको छैन, छिट्टै शीर्ष नेतृत्वले टुंगो लगाउने छ, प्रदेशको पनि एकै पटक सकाउने गरी तयारी भएको छ’, खनालले भने ।


यस्ता छन् २६ सीटमा गठबन्धनका उम्मेदवार मुख्य दावेदारी


कांग्रेसले पश्चिम नवलपरासीको क्षेत्र नं २ मा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अगाडि सारेको छ । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाँण, क्षेत्र नं ४ मा प्रमोद यादव र क्षेत्र नं ५ मा भरत शाह, कपिलवस्तु क्षेत्र नं २ मा सुरेन्द्रराज आचार्य र ३ मा अभिषेक प्रताप शाह, पाल्पा क्षेत्र नं १ मा वीर बहादुर राना, गुल्मी क्षेत्र नं १ मा चन्द्र भण्डारी, अर्घाखाँचीमा पुष्पा भुसाल, दाङ क्षेत्र नं ३ मा दीपक गिरी, बर्दिया क्षेत्र नं १ मा सञ्जय गौतम, बाँकेको क्षेत्र नं ३ मा किशोरसिंह राठौरलाई उम्मेदवार बनाउने गरी तयारी गरेको छ ।


नेकपा माओवादीले नवलपरासी १ बाट घनश्याम यादव, कपिलवस्तुको क्षेत्र नं १ बाट बलदेव खनाल, दाङको क्षेत्र नं २ बाट रेखा शर्मा, बाँकेको क्षेत्र नं १ बाट महेश्वर गहतराज, बर्दियाको क्षेत्र नं २ बाट सन्तकुमार थारु, रोल्पाबाट वर्षमान पुन र रुकुम पूर्वबाट गणेशमान पुन, पूर्ण घर्ती, कमला रोका, दलजित बिक मध्येबाट एकलाई उम्मेदवार बनाउने तयारीमा छ ।


नेकपा एसबाट पाल्पाको क्षेत्र नं २ मा नेता सोमप्रसाद पाण्डे, गुल्मीको क्षेत्र नं २ मा रामकुमारी झाँक्री, दाङ क्षेत्र नं १ मा मेटमणि चौधरी र रुपन्देहीको क्षेत्र नं २ राजु गुरुङ तथा जसपाबाट बाँके क्षेत्र नं २ इस्तियाक राई र रुपन्देही क्षेत्र नं १ बाट मातृका यादव तथा जनमोर्चाले प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार