अपराध २१ वैशाख २०८१
दमकमा गोली चल्दा किशोरी घाइते

ओमकार टाइम्स संवाददाता

दमक । झापाको दमकमा कक्षा १२ मा पढ्ने एनिका अधिकारीलाई गोली प्रहार भएको छ । स्थानीय हिमालय माध्यमिक विद्यालयबाट  परीक्षा दिएर फर्कने क्रममा अधिकारी माथि गोली प्रहार भएको हो ।

उदयपुर घर भई दमकमा डेरा गरि बस्ने अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गोली हानेर फरार यादवको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ भने घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार