समाचार २३ वैशाख २०८१
पिपुल्स पावरको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा अर्याल

ओमकार टाइम्स

पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । यहीँ वैशाख १७ गते काठमाडौँमा सम्पन्न कम्पनीको छैटौँ र सातौँ वार्षिक साधारण सभाले पुरानो सञ्चालक समितिलाई बिदाइ गर्दै नयाँ समिति चयन गरेको हो । 

संस्थापक सेयरधनी टंकराज अर्यालको नेतृत्वमा कम्पनीको नयाँ सञ्चालक समिति गठन गरिएको कम्पनीले जनाएको छ । यसअघि भरत बहादुर खत्रीको नेतृत्वमा कम्पनीको सञ्चालक समिति रहेको थियो । 

नयाँ सञ्चालक समिति सदस्यहरूमा रामकाजी श्रेष्ठ, श्रीकृष्ण अर्याल, आरती अधिकारी, उपेन पराजुली, उद्धव भट्ट र निर्वाण शर्मा चयन भएका छन् । यीमध्ये श्रेष्ठ र पराजुली सर्वसाधारण सेयरधनीहरुबाट सञ्चालकमा चयन भएका हुन् भने श्रीकृष्ण अर्याल आरती अधिकारी र उद्धव पराजुली संस्थापक सेयरधनीबाट चयन भएका हुन् । निर्माण शर्मा भने स्वतन्त्र सञ्चालकका रूपमा समितिमा आएका हुन् । 

सोही साधारण सभाले कम्पनीको हाल कायम ६३ लाख २६ हजार कित्ता सेयरको १ बराबर ०.५ का दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ । 



प्रतिक्रिया

सम्बन्धित समाचार