मुख्य समाचार
आजकाे मौसम: पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना | बन्चरो प्रहार गरि दुईजना महिलाको हत्या | गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ? | कागती पानी पिउनुका फाइदासँगै यी साइड इफेक्ट | गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ? | जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी | नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य | ३ सय १३ किलो गाँजा सहित एकजना पक्राउ | ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक | जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी |
मुख्य समाचार
आजकाे मौसम: पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना | बन्चरो प्रहार गरि दुईजना महिलाको हत्या | गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ? | कागती पानी पिउनुका फाइदासँगै यी साइड इफेक्ट | गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ? | जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी | नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य | ३ सय १३ किलो गाँजा सहित एकजना पक्राउ | ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक | जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी |

समाचार १६ श्रावण २०८०
सरकारले भारतसँग धान खरिद गर्नसके चामल प्रतिबन्धको असर पर्दैन : अध्यक्ष दुगड

ओमकार टाइम्स

काठमाडौँ । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका छन् ।  

संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिबन्ध लगाएपनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका हुन् । 

अध्यक्ष दुगडले भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासी प्रतिबन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए । उनले चामल आयातको प्रतिबन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने बताए । उनले नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारसँग १० लाख टन धान आयात गर्न माग गर्ने बताए । 

अध्यक्ष दुगडले सरकारले तत्काल १० लाख टन धान आयातका लागि पहल नगरे नेपालमा असर पर्ने बताए । उनले भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुनसक्ने बताए । 

मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष दुगडले नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्योभन्दा पहिला  दशैँतिहार आउने भएकाले थप चुनौतीपूर्ण अवस्था देखिएको बताए । उनले भारतले चामल निकासी प्रतिबन्ध लगाए पनि नेपाललाई धान आयातमा फाइदा रहेको उल्लेख गरे । उनले खुला सिमानाको कारण अन्य बाटोबाट चामल आउनसक्ने बताए । 

अध्यक्ष दुगडले सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा उत्पादन क्षमता ठूलो रहेकाले भारतबाट धान आयात गर्नसके चामल उत्पादन गरेर नेपालको खपतलाई परिपूर्ति गर्न सकिने बताए । उनले भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धान चामलको निर्यातमा २० प्रतिशत कर लगाउन शुरू गरेको बताए । उनले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा करिब साढे ५ लाख टन अर्थात ४७ अर्ब ५९ करोड रुपैयाँको धान चामल आयात भएको र ६ लाख टन धान आयात भएको बताए । उनले भारतले चामलमा २० प्रतिशत कर लगाएपछि चामलको आयात ३ लाख कम हुँदा धानको आवश्यकता बढी भएको बताए ।

अध्यक्ष दुगडले नेपालमा ५५ लाख टन धान उत्पादन हुन्छ भन्ने सरकारको तथ्याङ्क रहेपनि तथ्याङ्क अनुसार परिमाण नदेखिएको बताए । उनले ५५ लाख धान उत्पादन भए चामलमा आत्मनिर्भर हुने तर यकिन डेटा नभएर समस्या रहेको बताए । उनले सरकारी डेटा र चामलको खपत हेर्दा म्याच नभए पनि  नेपालमा वार्षिक २५ लाख टन चामल खपत हुने गरेको बताए । उनले मूल्यवृद्धि चामलको माग र आपूर्तिमा निर्भर हुने भन्दै चामल मिल र व्यापारीहरुले मूल्यमा केही गर्न नसक्ने बताए । 

अध्यक्ष दुगडले माग अनुसार आपूर्ति हुँदा मूल्यवृद्धि नहुने भन्दै यदि माग बढ्यो भने र आपूर्ति कम हुँदा मूल्यवृद्धि हुने बताए । उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले तत्काल भारत सरकारसँग धानको माग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले समयमा नै धान माग गरेर ल्याउनसके समस्या नआउने उल्लेख गरे । उनले चामल दुई महिनाको मौज्दात रहेको भन्दै त्यो मौज्दात कम हुँदै जाँदा बजारमा विभिन्न खालका समस्या आउन सक्ने बताए । उनले सरकार र निजी क्षेत्र मिलेर काम गर्दा समस्या समाधान हुनसक्ने बताए ।

भारतले बासमती बाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएको छ । खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिबन्ध घोषणा गरेको हो । दक्षिणी छिमेकी भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको सोझो र गहिरो असर नेपालमा पर्नेछ । नेपालमा आवश्यक धानचामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको संघले जनाएको छ । सरकारले हरेक दिन कम्तीमा १० करोड मूल्यको धान चामल आयात गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्त सम्ममा ३३ अर्ब ६३ करोड रुपैयाँको धान चामल आयात भएको छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५९ करोड रुपैयाँको धान चामल आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने नेपालले तीन खर्ब ४१ अर्ब रुपैयाँको कृषि वस्तु आयात गरेको थियो । साभार : न्युज एजेन्सी नेपाल

                                                     


प्रतिक्रिया

सम्बन्धित समाचार