समाचार ८ पौष २०७९
बाल्टिनको पानीमा डुबेर १ वर्षीय बालकको मृत्यु

ओमकार टाइम्स

बैजनाथ गाउँपालिका ३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार