राशिफल ५ कार्तिक २०८०
मृत्युुलाई जितेका कलाकार खड्काको कला क्षेत्रमा आक्रामक उपस्थिति

ओमकार टाइम्स

दमक । केही समय अगाडिसम्म जीवन र मृत्युको दोधार मा रहेका झापा गौरादहका कलाकार भूवन खड्काले अन्ततः क्यान्सर रोगको शल्यक्रिया पछि मृत्युुलाई जितेका छन् ।झापा गौरादहका कलाकार खड्का यतिबेला `मेडिकल रेस्ट´ हुदा हुँदै पनि काम गर्ने हुटहुटीले पुनः कला क्षेत्रमा फर्किएका छन् ।

उपचार पछि खड्काले कला छेत्रमा आक्रामक उपस्थिति गरेका छन् । जी नेपाल टिभीबाट आउन लागेको `गफमै गफाडी´, डीसहोमको रमाइलो टेलिभिजन बाट प्रसारणको तयारिमा रहेको `सृष्टि´ लगायत केही साना ठुला काम मा अभिनय गर्दैछन भने उनीबाट अभिनित विभिन्न म्युजिक भिडियोहरु सार्वजनिक भएका छन् ।

त्यसै मध्येको एक म्युजिक भिडियो दशै आयो दशै आयो चर्चाको शिखरमा रहेको छ । दशैको मुखमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई दर्शकले अत्याधिक मन पराएका छन् ।

बल बहादुर राजवँशि र एलिजा सिवाकोटीको आवाजमा सजिएको उक्त  म्युजिक भिडियोको निर्देशन नेपाली हास्य टेलिशृङखला तितो पिरो लगायत धेरै कामको अनुभब लिइ सकेका  अनिस खतिवडा ले गरेका छन ।अशोक फिलिम्सको ब्यानरमा बनेको भिडियोको निर्माण निर्माला खड्का र लक्ष्मी सङग्रौलाले गरेका हुन भने छायांकन नारायण जि सि , सम्पादन अमृत मान महर्जनको रहेको छ भने उक्त भिडियोमा कलाकार  खड्का र शुभेक्षा थापालाई मुख्य भुमिकामा देखिन्छ भने पछिलो समय सर्वादिक रुचाएका कलाकार कृष्ण सिवाकोटी साथै बिमला गिरि ,सफल शर्मा र नानु भण्डारीको समेत अभियान रहेको छ ।


प्रतिक्रिया

म भुवन खड्डा ५ कार्तिक २०८०, आइतबार

आभारी छु omkartimes परिवार प्रति

म भुवन खड्डा ५ कार्तिक २०८०, आइतबार

आभारी छु omkartimes परिवार प्रति

म भुवन खड्डा ५ कार्तिक २०८०, आइतबार

आभारी छु omkartimes परिवार प्रति

सम्बन्धित समाचार