मनोरञ्जन २१ पौष २०७९
हाँस्य टेलिशृंखला ‘सक्किगो नि’ को प्रसारण रोकियो

ओमकार टाइम्स

हाँस्य टेलिशृंखला सक्किगो नि को प्रसारण रोकिएको छ। १०० औं भाग प्रसारण भएपछि कार्यक्रमको प्रसारण रोकिएको हो। कार्यक्रमको प्रसारण रोकिएको कलाकार तथा निर्देशक अर्जुन घिमिरे पाँडेले जानकारी दिएका छन्।

‘हिमालय टेलिभिजनसँग हाम्रो सम्झौता सकिएपछि नयाँ टेलिभिजनको लागि छलफल गरिरहेका छौं। एक दुई हप्तापछि कुन टेलिभिजनमा प्रसारण हुने भनेर टुंगो लाग्छ। त्यसपछि नियमित प्रसारण हुन्छ,’ उनले भने। यो कार्यक्रम २०७७ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो।

कार्यक्रममा केही कुरा परिवर्तन गरिने घिमिरेले बताए। ‘कार्यक्रममा केही हेरफेर गर्दै हामीले सिजन ३ भनेर कार्यक्रम ल्याउने तयारी गरेका छौं,’ उनले भने। कार्यक्रमलाई अर्जुन घिमिरे र कुमार कट्टेल जिग्री ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार