प्रहरीले वीरगन्जबाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार वीरगन्ज महानगरपालिका–१६ स्थित डाँफे होटलबाट उनीहरु पक्राउ परेका हुन् । होटेलमा लागूऔषधसहित ३र४ जना व्यक्ति बसेको सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–८ का १९ वर्षीय राजु मन्सरी, लालबन्दी–७ का २० वर्षीय राजु रानामगर, लालबन्दी– ८ का १९ वर्षीय बिशाल मोक्तान र धादिङ गजुरी नगरपालिका–२ का २० वर्षीय अजय तामाङ छन् ।>
उनीहरुको साथबाट २ सय एम्पुल डाइजेपाम, २ सय एम्पुल नुरफिन र २ सय एम्पुल फेनारगन गरी कुल ६ सय एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।