समाचार राजनीति १२ जेठ २०८०
प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त

ओमकार टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् । 

पार्टी प्रवक्ता डा.प्रकाशशरण महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेकाले प्रचार मोर्चालाई सशक्त बनाउन कांग्रेसले यो निर्णय गरेको हो ।  अब प्रवक्ताको अनुपस्थितिमा विश्वकर्मामार्फत पार्टीका गतिविधिहरु आम जनमानस र मिडियामा सम्प्रेषण हुने कांग्रेसले जनाएको छ।




प्रतिक्रिया