अन्तर्राष्ट्रिय २४ चैत्र २०७९
अमेरिकामा बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्कासित

ओमकार टाइम्स

बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद निष्कासनमा परेका छन् । राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्कासन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्कासनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्कासनबाट जोगिएका छन् । 

हालै न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको प्रतिवाद गर्दै बन्दुक नियन्त्रण हुनुपर्ने आवाज उठाएका अश्वेत सांसद निष्कासनमा परेका हुन् । उनीहरूसँगै आवाज उठाएकी एक जना श्वेत सांसद भने निष्कासनबाट बचेकी हुन् । उनी एक मतले निष्कासनबाट जोगिएकी हुन् । 

निष्कासनमा परेका सांसदद्वयले आफूहरू राजनीतिक प्रतिशोधको शिकार भएको आरोप लगाएका छन् । गम्भीर दुर्व्यवहारको आरोप लागेका सांसदलाई सजाय दिन आरक्षित कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरेर आफूहरूलाई निष्कासन गरिएको दाबी उनीहरूले गरेका छन् । 

प्रतिक्रिया